Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

ओलीको उर्दी : भुलेर पनि संसद् विघटन गलत थियो नभन्नू

भर्खरै

काठमाडौं । प्रधानमन्त्री हुँदा २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भुले पनि प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति नदिन केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरुलाई उर्दी दिएका छन ।

बिहीबार बसेको केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले प्रमुख शक्ति भई अघि बढेको बताउँदै भुलेर पनि संसद विघटन गलत थियो नभन्न नेताहरुलाई ओलीले भने ।

‘केही केही साथीहरूले यस्सो मौका पर्याद बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ । यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्नु  । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष