काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०७९ सालमा ४५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वि.सं.२०७९ सालमा विभिन्न ३४ प्रकारका चाडपर्व तथा महोत्सवका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ४५ दिन बिदा पाउने भएका हुन् ।
तर ४४ दिनमा पनि केही दिन सम्बन्धित समुदायका कर्मचारीले मात्रै बिदा पाउने छन् । बैंकले यस पटक दसैँ बिदा ७ दिन मात्रै पाउने भएका छन् ।
असोज १० गते घटस्थापनाका दिन बिदा पाउने छन् भने । असोज १६ गते फूलपातीका दिनदेखि २१ गते द्वादशीका दिनसम्म ६ दिन बिदा हुनेछ ।
यता तिहारमा ५ दिन मात्रै बिदा दिएको छ । कात्तिक ७ गतेदेखि कात्तिक ११ गतेसम्म तिहार बिदा पाउने भएका हुन् । ५ वटा बिदा भने सरकारले निर्णय गरेबमोजिम कायम हुने राष्ट्र बैंकले जनाएको छ ।
जसमध्ये गौरापर्व, जितिया पर्व, गुरु नानक जयन्ती, फाल्गुनन्द जयन्ती र अन्तराष्ट्रिय अपाङ्गता दिवसमा सम्बन्धित कर्मचारीले मात्रै बिदा पाउनेछन् । यिबाहेक प्रत्येक शनिबार बिदा हुनेछ ।
राष्ट्र बैंकका अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालय समय तोकिएको छ ।
त्यस्तै, २०७९ कात्तिक १६ गतेदेखि २०७९ माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म कार्यालय समय तोकिएको छ ।
यता राष्ट्र बैंकका अनुसार बैंकिङ कारोबार समय वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म, २०७९ कात्तिक १६ गतेदेखि २०७९ माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म र प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह साढे १२ बजेसम्म बैंकिङ कारोबार समय तोकिएको छ ।
प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा घोषणा गरेको सार्वजानिक बिदाका दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।