काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपांगता भएकालाई पहिलो प्राथमिकता दिइने भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान केन्द्रलाई बढी भन्दा बढी अपांगमैत्री बनाउने गरी व्यवस्थापन गर्नेमा सहयोग गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको छ ।
‘मतदान केन्द्रमा पुग्नेहरुमध्ये सबैभन्दा पहिलो प्राथमिकता अपांगता भएकाहरुलाई दिइनेछ’ उनले भने । आयोगका अनुसार ३० वैशाखमा हुने स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ ।
१० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहनेछ । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।