spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

बूढानीलकण्ठ नगरपालिकामा “जर्नेल”को चर्चा

spot_img

-

काठमाडौँ । दुई दशकको लामो अन्तराल र युगान्तकारी राजनीतिक तथा सामाजिक परिवर्तनपश्चात् २०७४ सालमा सङ्घीयताको कार्यान्वयनस्वरूप नयाँ संवैधानिक व्यवस्थाबमोजिम अधिकारसम्पन्न स्थानीय सरकारका लागि तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो।

विगतका स्थानीय निकायभन्दा अहिलेको स्थानीय तह संरचना, जिम्मेवारी तथा अधिकारको हिसाबले निकै फरक र शक्तिशाली रहेको छ।

विगतको केन्द्रीकृत राज्य व्यवस्थामा केन्द्रीय सरकारको तल्लो एकाइका रूपमा स्थानीय निकायभन्दा संवैधानिक रूपमा नै अलग्गै र साभmा अधिकारसहित स्थापित विद्यमान स्थानीय तह प्राप्त अधिकारको प्रयोग गरी स्वतन्त्र स्थानीय सरकारको हैसियतले प्रभावकारी रूपमा सञ्चालन भएपछि आसन्न निर्वाचनकामा पूर्व प्रधानमन्त्री समेत मेयर पाए उठ्छु भन्न थालेको वर्तमान अवस्थामा बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले बागमती प्रदेश सासद, काठमाडौँ जिल्ला कमिटी अध्यक्ष तथा एमाले  बागमती प्रदेशका मुख्य सचेतक समेत रहेका  दीपक निरौला (जर्नेल)को चर्चा  चुलिएको छ ।

नगरमा उद्धव प्रसाद खरेल, मिठाराम अधिकारी, संगम गहतराज ,बिदुर विक्रम खड्का,जयराम थापा,रमा राई,मधु अधिकारीलगायतको नाममाथि बिभिन्नखाले आरोप प्रत्यारोप चलेपछि  दीपक निरौलाको माग बढेको हो ।

प्रदेश नं ३ मा सम्भवतः सबैभन्दा सक्रिय सांसदको  कोटीमा  निरौला हातमा गन्न सकिने मध्ये एक हुन् । उनको सक्रियता आफ्नो निर्वाचन क्षेत्रका स्थानीयवासीले अनुभव गरेका छन । उनको निर्वाचन क्षेत्रभित्र पर्ने बूढानीलकण्ठ नगरपालिका वडा नं ३, ५, ६ र ७ मा बनेका  विकासका धरोहरहरूको बारेमा नगरका अन्य वडावासीसमेत प्रशंसा गर्न चुक्दैनन् ।

नेकपा एमालेको  राजनीतिमा ओली राजनीतिको अंशियारनै हुन् उनि, उत्तरी भेकमा कांग्रेसलाई मात्र हैन माधव नेपाल र प्रचण्डका चेलाहरूलाई तहलाउदै उठ्न नसक्ने बनाउन सक्ने उनको क्षमता रहेको छ । विद्यार्थी राजनीति तथा नेपाल स्काउटको कडा अनुशासनमा बसेका उनलाई आफ्नै भेकमा कार्यकर्ताहरू भने   “जर्नेल” भनेर सम्बोधन गर्दछन । वर्तमान नगर प्रमुख उद्धवप्रसाद खरेललाई २०७४ को चुनावमा बहुमतको ताज लगाइदिने चुनावी कमान्डर भएका कारण पनि एमाले कार्यकर्तामाझ सम्मानित छन् दीपक निरौला ।

उद्धव प्रसाद खरेललाई अफ्टेरो परिस्थिति आएमा  खरेल आफैले निरौलालाई उमेद्वार बनाएर  २०७४ को गुन तिर्न तत्पर रहने नेकपा एमाले प्रदेश कमिटीका एक सदस्यले हामीलाई बताए ।

नीरौला बागमती प्रदेशबाट राजिनामा दिएर चुनाव लड्न आएको खण्डमा  नेपाली कांग्रेस, नेकपा “एस” तथा नेकपा माओबादी केन्द्रले आफ्ना नगर प्रमुखका उमेद्द्वार हेरफेर गर्ने छन् भने नगरमा यसपाली “हेब्बी वेट”का नेताहरु  बीच नगरप्रमुख भिडन्त  हुने पक्का पक्की छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग