spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

निःशुल्क खानेपानी, २ सय युनिट विजुली निःशुल्क- एकीकृत समावादीको चुनावी एजेण्डा

spot_img

-

काठमाडौँ ।पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ‘निःशुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाएको छ ।

यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनिएको छ । खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पु¥याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र- २०७८ को मस्यौदामा उल्लेख छ ।

हरेक घर परिवारमा खानेपानी पु¥याउने काम स्थानीय सरकरको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकता प्रतिबद्धता घोषणापत्रमा छ ।

हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर–परिवारलाई २ सय  युनिट निःशुल्क विजुली, सामुदायिक विद्यालयको सुधार, निःशुल्क आधारभूत स्वास्थ्य उपचारलगायतका एजेण्डा पनि घोषणात्रमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग