22.1 C
Kathmandu
Saturday, September 21, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

जनप्रतिनिधिले चुनाव लड्नअघि राजीनामा दिनुपर्ने

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं। बहालवाला जनप्रतिनिधिले चुनाव लड्नअघि राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध परेको रिटमाथि सुनुवाइ भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ भएको हो।

यसअघि सर्वोच्च अदालतले राजीनामा दिनुपर्ने व्यवस्थालाई अल्पकालीन आदेशमार्फत् रोक लगाएको थियो । सो व्यवस्थामा रोक लगाएपछि आयोगका अधिकारीहरु बुधबार निवेदन लिएर सर्वोच्च पुगेका छन्।

निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवार स्वीकृत गर्न नमिल्ने बताएको छ । आयोगले स्थानीय तहको कुनै पदमा निर्वाचित वा मनोनित कुनै पदाधिकारीलाई सो पदमा वहाल रहँदासम्म लाभको पद धारण गरेको होइन भनी मनोनयनपत्र स्वीकृत गर्न मिल्ने कानुनी आधार नभएको स्पष्ट पारेको हो ।

आयोगले जनप्रतिनिधिले राजीनामा नदिए स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिए खारेज हुनसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष