Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकता

भर्खरै

काठमाडौं । नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ ।​ काठमाडौं आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकता भएको घोषणा गरेका हुन् ।

दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन् । दुवै पार्टीबीच राष्ट्रिय मुद्दा र विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघीय परिषद् अध्यक्ष रहने गरि पार्टी एकीकरण जनाइएको छ ।

एकीकरण पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै शाह र पहाडीले संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डो-याउने प्रतिबद्धता जाहेर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष