19.1 C
Kathmandu
Saturday, November 2, 2024
spot_imgspot_imgspot_imgspot_img

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

spot_imgspot_img

सम्बन्धित खबर

दाङ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका सभापति शङ्कर डाँगीले जानकारी दिए ।

पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलीय चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थिति बारेमा चित्रण गरी प्रतिवेदन पठाएको पनि नेपाली कांग्रेसका सभापति डाँगीले जानकारी दिए ।

सो बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुवास पुन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको उपस्थिति रहेको थियो । यता नेकपा (एमाले) ले भने जिल्लाका सबै वडामा एकल रुपमा चुनावी मैदानमा उत्रने जनाएको छ । एमालेले आजदेखि वडास्तरका उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष