spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

जनतामा हाम्रो पार्टीको आकर्षण बढेको छ : अध्यक्ष नेपाल

spot_img

-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनतामा आफ्नो पार्टीको आकर्षण बढेको दाबी गरेका छन् । पार्टीले लिएको विचारका कारणले जनताको माझ पार्टीको आकर्षण बढेको उनले बताएका हुन् ।

राजधानीमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै नेपालले भने, ‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण बढेको छ । पार्टी प्रवेशको लहर चलेको छ ।’

विभिन्न प्रदेशमा पार्टी सशक्त रूपमा उदाएको बताउँदै धेरै ठाउँमा नेकपा एमालेलाई समेत पछि पारेको उनले जिकिर गरेका छन् ।

उनले एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको बताउँदै कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको पनि बताए ।

नेकपा एमाले दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि आफूहरू त्यहाँ बस्न नसकेको उनको भनाइ थियो ।

‘एमाले पार्टीको रूपमा पनि रहेन । सानो गुटमा सीमित हुन पुगेको छ । व्यक्तिको वर्चस्वमा चलिरहेको समूह हुन पुगेको छ ।’ समाजवादको झण्डा बुलन्द गर्नका लागि अर्को पार्टी निर्माण गर्नैपर्ने बाध्यता आएको उनले बताए ।
केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)ले मदन भण्डारीको नाम दुरूपयोग गरी राजनीति गरिरहेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा शनिबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भण्डारीले ल्याएको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादलाई लिएर पनि गलतरूपमा प्रयोग गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग