spot_img
21.1 C
Kathmandu
Monday, June 23, 2025

विश्वका अर्वपतिको सूचीमा १९२९ औं स्थानमा विनोद चौधरी

-

विश्वका अर्वपतिहरुको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा ्परेका छन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ। उहाँको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको भनिएको छ ।

६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ। वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ। इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ। सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा पनि उनको लगानी छ ।

सन् २०१३ मा एक बिलियन डलर सम्पती रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा १.३ बिलियन डलर र २०१६ मा घटेर पुन १.१ बिलियन डलर पुगेको थियो।

यस्तै सन् २०१७ मा बढेर पुन १.३ बिलियन डलर रहेको उनको सम्पती सन् २०१८ मा १.५ बिलियन डलर र सन् २०१९ मा १.७ बिलियन डलर पुगेको थियो।

त्यसपछि सन् २०२० मा घटेको उनको सम्पती १.४ बिलियन डलर पुग्यो। २०२१ मा स्थिर रहेको उनको सम्पती पुन अहिले बढेर १.५ बिलियन डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग