4.1 C
Kathmandu

एमाले चुनावमा एक्लै लड्छ : पोख्रेल

Categories:

-

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले स्थानीय तहको चुनावमा एमाले एक्लै लड्ने बताएका छन् ।प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा एमालेले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने बताएका हुन् ।

‘जो एक्लै उठ्ने आट गर्दैन्, उनीहरुले यस किसिमका भ्रम फैलाएका छन्’ उनले भने, ‘एमाले एक्लै उठ्न सक्छ, यसमा कुनै समस्या छैन ।’उनले एमालेले नेताभन्दा पनि विभिन्न दलमा कार्याकर्ताहरुलाई जोड्दै बलियो शक्ति निर्माण गर्दै अगाडी बढ्ने बताए । महासचिव पोख्रेलले अहिलेको पाँच दलीय गठबन्ध बमपन्थी आन्दोलन र लोकतन्त्र मान्यताको विरुद्धमा भएको टिप्पणी समेत गरे । उनले कांग्रेससँगको तालमेल जनताले दिएको जनादेशको विपरित भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य