6.1 C
Kathmandu

स्थानीय चुनावलाई मतपत्र छपाइ सुरू

Categories:

-

काठमाडौं । वैशाखमा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू भएको छ। ०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक करोड ९४ लाख थान मतपत्र छपाइ गरिने बताए। आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ। राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिँदैछन्। आयोगले साना दललाई पनि उनीहरूले नै प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य