spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

केपी ओली मुलुककै लागि घाँडो हुन् अब ओलीलाई ठेगान लगाउन निर्वाचनसम्म गठबन्धन गरेर जानुपर्छ : नेपाल

-

विराटनगर। गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भजपा (भारतीय जनता पार्टी) को कार्यालयमा पुगेको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भारत भ्रमणका क्रममा देउवा भाजपाको पार्टी कार्यालय जानु ठीक नभएको उल्लेख गरे । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले मुलुकको प्रतिनिधित्व गर्दै कुनै देशको भ्रमणमा जाँदा प्रधानमन्त्रीले त्यहाँको एउटा पार्टीको कार्यालयमा पुग्नु ठीक नभएको उनले बताएका छन्।

‘म पनि प्रधानमन्त्री भइसकेको व्यक्ति हुँ । देशको प्रतिनिधि भएर बाहिरी मुलुकको भ्रमणमा जाँदा दलको पार्टी कार्यालयमा जानु उचित हैन,’ उनले भने, ‘पार्टीगत भ्रमणमा जाँदा भाजपाको कार्यालय पुगेको भए ठीकै हुन्थ्यो । प्रधानमन्त्रीको यो काम व्यक्तिगतरुपमा मलाई ठीक लागेन ।’

नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मुलुककै लागि घाँडो भएको समेत बताए । ‘मुलुक, लोकतन्त्र, संविधान र जनताकै निम्ति ओली घाँडो हुन्,’ उनले भने, ‘ओली परिवर्तनका विरोधी हुन् ।’ आगामी निर्वाचनमा बामपन्थको नाममा ओलीजस्तो बर्को ओढेकाहरुलाई पराजित गर्नुपर्ने उनले भनेका छन् ।

ओलीलाई ठेगान लगाउनकै लागि आसन्न स्थानीय तह निर्वाचनमा मिल्नेसम्म गठबन्धन गरेर अघि बढ्ने तयारी भइरहेको उनले बताए । ‘आवश्यकताका आधारमा कहाँसम्म मिल्छ, त्यहाँसम्म गठबन्धन हुन्छ,’ उनले भने, ‘तर गठबन्धनका सवालमा कांग्रेसभित्र स्पष्ट दुई धार देखिएको छ ।’ नेपालले गठबन्धन गर्नुपर्छ भन्नेलाई सँगै लैजानुपर्ने र नगरौं भन्नेलाई एक्लै हिँड्न दिनुपर्ने पनि बताए । उनले भने, ‘गठबन्धन गर्न हुँदैन भन्नेलाई एक्लै उठ्न दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग