spot_img
13.1 C
Kathmandu
Friday, January 24, 2025
spot_imgspot_imgspot_imgspot_img

सडकबाट स्वतन्त्र उम्मेद्‍वार अभियान सुरु, १ सय ७७ पार्टी नचाहिने टिप्पणी

spot_img

-

काठमाडौं । स्थानीय तहमा राजनीतिक दलहरु हुन नहुने भन्दै स्वतन्त्र अभियानले सडकबाट स्वतन्त्र उम्मेद्‍वार घोषणा अभियान सुरु गरेको छ । काठमाडौैंका बानेश्वरको सडकमा कार्यक्रम गर्दै स्वतन्त्र उम्मेद्‍वार अभियान सुरु भएको हो ।

अभियानको घोषणा सभामा डा. विरेन्द्र झापालीले सबै पेशाकर्मीदेखि नागरिक समाजसम्म दलको भएकोले अब स्वतन्त्र मान्छे खोजिरहेको बताए । ‘सबै पेशाकर्मी कुनै न कुनै पार्टीमा हुन्छन् तर हामीले स्वतन्त्र उम्मेद्‍वार खोजिरहेका छौं । पार्टीहरु खत्तम भनेर गाली गर्ने होइन अब देशको लागि प्रबुद्ध, बौद्धिक व्यक्तित्वहरु लाग्नुपर्छ,’ उनले भने, ‘हामी कुर्सीको लागि लड्ने होइन देशको विकासको लागि उम्मेद्‍वार घोषणा गरौं ।’

उनले देश विकासका लागि देशभक्तहरुको ३ वटा पार्टी पर्याप्त हुने भन्दै १ सय ७७ पार्टी नचाहिने टिप्पणी गरे ।

डा. सुरेन्द्र भण्डारीले स्थानीय तहको चुनावमा राजनीतिक दलको कार्यकर्ता भएर चुनाव लड्दा समाज विभाजन भएको बताए । ‘स्थानीय तहको चुनाव राजनीतिक दलकोतर्फबाट लड्ने दिनसम्म देशको विकास हुँदैन,’ उनले भने, ‘त्यसकारण स्वतन्त्र अभियान आएको हो । यो पनि एउटा क्रान्ति हो । दलको झण्डा होइन, राष्ट्रिय झण्डा बोकेर आउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग