spot_img
20.1 C
Kathmandu
Thursday, May 15, 2025
spot_imgspot_imgspot_img

निर्वाचनमा सबै मतगणना स्थलमा सीसी क्यामेरा जडान हुने

-

काठमाडौ। निर्वाचन आयोगले देशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ। सम्भावित घटनालाई मध्यनजर गर्दै आयोगले सीसी क्यामरा जडान गर्ने भएको हो।

सीसी क्यामेरा जडानका लागि सबै स्थानीय तहसँग समन्वय भएको छ। ‘सम्भावित घटनाको मध्यनजर गर्दै सबै मतदान स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्णय भएको छ। त्यसका लागि सबै स्थानी तहहरुसँग समन्वय गर्ने काम भइरहेको जानकारि प्राप्त भएको छ।

केन्द्रले भोलिसम्म नमुना मतपत्र छाप्ने र त्यसको आधारमा मतपत्रलाई परिमार्जन गर्नुपरे गरेर पर्सीबाट मतपत्र छपाइ गर्ने भएको छ ।

प्रवक्ताका अनुसार हिमाली तथा पहाडी जिल्लामा १५ प्रतिशत बढी मतपत्र पठाइने छ भने सुगम जिल्लामा १० प्रतिशत मतपत्र पठाइने छ। वैशाख १६ पछि मतपत्र जिल्लामा पठाइने आयोगले जनाएको छ। दुर्गम क्षेत्रमा भने हेलकोप्टरमार्फत् मतपत्र ढुवानी गर्ने आयोगले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

रंगशालारंग