spot_img
26.1 C
Kathmandu
Monday, June 16, 2025
spot_imgspot_imgspot_img

माओवादीप्रति फेरि आकर्षण बढ्यो, तर अहंकार छैन: अध्यक्ष प्रचण्ड

-

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति फेरि आकर्षण देखिएको बताएका छन्।

आफू देशका विभिन्न ठाउँमा जाँदा फेरि माओवादीमै जनताको आकर्षण देखिएको प्रचण्डले बताए।

आज काठमाडौंमा रिपोर्टस् क्लवको कार्यक्रममा बोल्दै प्रचण्डले देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्। ‘देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको छ। शान्ति सम्झौतादेखि एमसिसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो,’ उनले भने, ‘माओवादीले संकट मोचनको भूमिका खेल्नुपर्ने तर सबैले स्वीकार गर्न नसक्ने पनि देखिएको छ।’

उनले माओवादीप्रति जनताको आकर्षण रहेको पनि बताए। ‘माओवादीप्रति फेरि आकर्षण बढेको छ। यसो भनेर अहंकार गरेको छैन,’ उनले भने। उनले चुनावमा सत्तारूढ गठबन्धनसँगै तालमेल गरेर जाने बताए। ‘कांग्रेसले चुनावी तालमेलबारे के गर्ला भन्ने थियो केन्द्रीय समितिले तालमेल गरेरै जाने निर्णय गर्‍यो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग