हेलम्बु । नेकपा एमाले बाट निर्वाचित हेलम्बु गाउँपालिका २ का वडा अध्यक्ष छिरिङ ग्याल्बु लामा नेकपा एमाले परित्याग गरि नेकपा एकिकृत समजवादी पार्टीमा समाहित भएको छ ।
नेकपा एमाले बाट निर्वाचित हेलम्बु गाउँपालिका २ का वडा अध्यक्ष छिरिङ ग्याल्बु लामा नेकपा एमाले परित्याग गरि हिजो नेकपा एकिकृत समजवादी पार्टीमा समाहित भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोटेश्वरमा लामालाई स्वागत गरेका थिए । गत स्थानिय तहको निर्वाचनमा हेलम्बु गाउपालिकाको ७ ओटा वडा मध्य नेकपा एमालेले २ नं. वडामा मात्र निर्वाचन जितेको थियो । एमाले बाट निर्वाचीत वडा अध्यक्ष लामा समाजवदीमा प्रवेष गरे सगंै हेलम्बु गाउँपालिकामा एमाले पार्टी कम्जोर बनेको छ ।
एमाले पार्टीमा आफ्नो कुनै धारणा नरहेको तर नेतृत्वले एमालेलाई दिशाहिन बाटोमा डोराइ रहेको कारण आफुले एमाले परित्याग गर्ने निणर्य गरेको लामाले बताए । एमाले पार्टीमा लामो समय योगदान गर्दै लामा नेकपा एमालेका जिल्ला सदस्य समेत भइसकेका थिए । लामाले एमालेको नेतृत्वमा दम्भ र अहांकार मात्र रहेको भन्दै विचार र सिद्धान्त स्वतन्त्र रुपमा जनता माझ् पु¥याउन आफुले समाजवादी रोजेको बताए ।