काठमाडौं । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न प्रदान गरेको छ । प्रवक्ता सुरेश आचार्यले आयोगको यो निर्णयलाई स्वीकार गरिएको जनाएका छन् ।
राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो । तर आयोगले तीर चिह्न प्रदान गर्ने निर्णय गरेको र उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै हाललाई त्यसलाई स्वीकार गरेको प्रवक्ता आचार्यले विग्यप्ति अनुसार जनाएका छन् ।
राप्रपा नेपालले अर्को व्यवस्था नहुन्जेलसम्म तीर चुनाव चिह्नलाई पार्टीको प्रचार प्रसार सामग्रीमा प्रयोग गर्न देशभरका संगठनहरुलाई आग्रह गरेको छ ।