दलित संघको महाधिवेशन फेरि स्थगित

Categories:

-

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघको महाधिवेशन फेरि स्थगित भएको छ । चैत ७ देखि ९ सम्म बुटबलमा हुने गरी तय भएको महाधिवेशनलाई रोकिएको छ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले स्थगित गर्न निर्देशन दिइएको छ। ‘दलित संघको महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले दलित नेता शम्भु हजारा पासवानलाई फोन गरी महाधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए ।२०७३ सालमा हुनपर्ने संघको महाधिवेशन हालसम्म सर्दै आएको छ। २०७३ सालमै सबै जिल्लाको अधिवेशन भने सकिसकेको थियो ।

सभापति शेरबहादुर देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्द्र विक, रामकृष्ण लकान्द्री, क्षेत्रसिंह टेलरलगायत संघको अध्यक्षका आकांक्षी थिए। संस्थापनइतरबाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षमा दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य