23.1 C
Kathmandu
Saturday, November 2, 2024
spot_imgspot_imgspot_imgspot_img

कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलनः प्राथमिकमा के के छन् ?

spot_imgspot_img

सम्बन्धित खबर

सुर्खेत। हिजोबाट कर्णाली प्रदेशस्तरीय पहिलो वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी शुरु भएको छ । सुर्खेतकाे वीरेन्द्रनगरमा हिजो बिहीबारबाट शुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । वित्तीय साक्षरताको र्याली र सूचनामूलक स्टलको प्रदर्शनीसहित सम्मेलनको शुरुवात भएको हो ।

मिडिया इन्टरनेसनलको आयोजनामा शुरु भएको सम्मेलनमा कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, युवा स्वरोजगार कोष, बीमा समिति लगायतको सक्रिय सहभागिता रहेको छ । सम्मेलनमा शेयर बजार, बीमा, बैंक र लुघवित्तका बारेमा सूचनामूलक स्टलहरु अवलोकन गर्न सकिन्छ ।

सम्मेलनका कार्यक्रम संयोजक माधव निर्दोषले कर्णाली प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्यसहित सम्मेलनको आयोजना गरिएको जानकारी गराए । उनका अनुसार प्रदेशको विकास, उद्यमशीलता वित्तीय अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनीहरु राखिएको छ ।

विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरी वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष