spot_img
12.1 C
Kathmandu
Saturday, February 8, 2025
spot_imgspot_imgspot_imgspot_img

आज १७ राजनीतिक दलसँग निर्वाचन आयाेगकाे छलफल

spot_img

-

काठमाडाैं। स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयाेगले राजनीतिक दलहरुसँग छलफल थालेकाे छ । ३० वैशाखमा तय भएकाे निर्वाचनका सन्दर्भमा आयाेगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बाेलाएकाे हाे ।

आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयाेगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग