Wednesday, February 21, 2024
11.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

मा प्रकाशित

सुधा देव/ सप्तरी। नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी भएका हुन् ।

यादवले १ हजार ७० मत प्राप्त गरेका छन्।

मंगलबार सम्पन्न मतदानको मत गणना बिहिवार बिहानदेखि शुरू भएको थियो कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् ।

जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए । सभापति सहित ८५ पदका लागि मतदान भएको छ।उपसभापति सहित अन्य पदको मतदान अब शुरूहुने मतदान अधिकृत डा. रुद्र शर्माले जनाएका छन । ।

प्रतिक्रिया दिनुहोस्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

भर्खरै

सम्बन्धित समाचार