Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

एमाले प्रवेश गर्ने करिश्मा मानन्धरको तयारी

भर्खरै

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी हुन् ।

करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको तर,छलफल अगाडि बढेपनि निर्णय भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् ।

करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, उदि राजनीतिमा लाग्ने हो भने त ।’उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ र मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफलनै गरें ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष