spot_img
23.1 C
Kathmandu
Thursday, June 12, 2025
spot_imgspot_imgspot_img

राप्रपा नेपालमा कार्यविभाजन (सूची सहित)

-

काठमाडौं । राप्रपा नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । आज (बुधबार) बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो ।

बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ भने आर्थिक विभाग प्रमुखको जिम्मेवारी उद्धव पौडेलले पाएका छन् ।

त्यस्तै नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी डा.विष्णु भण्डारीले पाएका छन् भने संगठन विभागको जिम्मेवारी राजाराम बर्तौलाले पाएका छन् । बैठकले प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ताको जिम्मेवारी सुरेश आचार्यलाई दिने निर्णय गरेको छ । पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत्र महिनाभर घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको छ भने देशका ७ प्रदेश, ७७ जिल्ला र ७५३ वटै गाउँ तथा नगरपालिकाहरूमा तीन महिनाभित्र संगठन विस्तार र सुदृढीकरणका कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यसमिति गठन भैसकेका जिल्लाहरुमा कार्यसमिति गठन भएको २१ दिनभित्र अनिवार्य रुपमा जिल्लास्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सूची
(क) अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापा
(ख) आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल
(ग) नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष डा. बिष्णु भण्डारी
(घ) सचिवालय प्रमुखमा महामन्त्री भास्कर भद्रा
(ङ) प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखमा महामन्त्री सुशील कुमार श्रेष्ठ
(च) कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा महामन्त्री इन्द्र चित्रकार
(छ) संगठन विभाग प्रमुखमा महामन्त्री राजाराम बर्तौला
(ज) प्रचार विभाग प्रमुखमा प्रवक्ता सुरेश आचार्य
(झ) महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई
(ञ) सहकारी संस्था समन्वय विभाग प्रमुखमा केन्द्रीय सदस्य राजकुमार खड्का

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग