Wednesday, February 21, 2024
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

नेपालमा सुनको भाउ इतिहासकै सबैभन्दा उच्च

सम्बन्धित खबर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो। महासंघले नेपाली बजारमा आजै प्रतितोला २५ सय रुपैयाँले बढेको जानकारी दिएको छ ।

एकै दिन उच्च मूल्यले बढ्दै छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि, गत वर्ष २०७७ साल साउन २३ गते सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुन फेरी बढेर १ लाख ५ हजारभन्दा बढी पुगेको हो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो तोलामा १४ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज एकै दिन प्रतितोला ४० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष