Monday, February 26, 2024
7.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन फागुन २६ र २७ गते हुने

सम्बन्धित खबर

सिन्धुपाल्चोक।नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ । शनिबार केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २६ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो ।

मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक-पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो । कांग्रेस सिन्धुपाल्चोकका शीर्ष नेताहरूको बैठकबाट सो निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष