29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

समाजवादी पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदी

सम्बन्धित खबर

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) मा आबद्ध वकिलहरुले समाजवादी पेशागत कानुन व्यवसायी संगठन (एसपिएलए) गठन गरेका छन् । शनिबार भएको राष्ट्रिय भेलाले देवेन्द्र सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको भेलाले एसपिएलएको वरिष्ठ उपाध्यक्षमा दुर्गामोहन श्रेष्ठलाई चयन गरेको छ ।

उपाध्यक्षहरुमा विष्णुहरि सापकोटा, श्यामानन्द चौधरी, प्रमोद शाह, विष्णुप्रसाद सापकोटा लगायत छन् । त्यस्तै महासचिवमा अम्बरबहादुर राउत चयन भएका छन् भने सचिवहरुमा गोपाल श्रेष्ठ, गुनराज आचार्य, विजय बस्नेत, शिव भुजेल, बुद्धिप्रसाद खरेल लगायत छन् । समितिको कोेषाअध्यक्षमा नारायणप्रसाद पराजुली चयन भएका छन् ।

आउँदो चैत १९ गते हुने नेपाल बारको चुनावलाई प्रभावित पार्ने गरी एसपिएलएले संगठन विस्तारलाई तीव्रता दिने तयारी गरेको छ । राष्ट्रिय भेलामा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । नेपाल बारका पूर्व अध्यक्ष शम्भु थापाले पनि एसपिएलएलाई साथ दिएको अधिवक्ता रामकुमार खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष