काठमाडौँ । प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बसिरहेको हो । ८ फागुनमा संसदमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौतामाथि आजदेखि संसदमा छलफल अघि बढाउने सभामुख अग्नि सापकोटाको तयारी छ ।
तर, सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने अनुपस्थित भएको छ । संसद बैठक दिउँसो १ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्