काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा उभिन गरेको आग्रह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेका छन् ।
आफूसँग छलफलका लागि बालुवाटार आएका प्रचण्डलाई देउवाले सत्ताधारी दलको हैसियतले माओवादीले सदनमा अनुमोदनका लागि पेस भएको एमसीसीको पक्षमा उभिनुपर्ने बताएका थिए ।
तर प्रचण्डले पार्टीको निर्णयअनुसार आफू एमसीसीको पक्षमा उभिन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराएका हुन् ।
बालुवाटार पुग्नुअघि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेका थिए।
सिंहदरबारमा भएको छलफलमा दाहाल, नेपाल र खनालबीच एमसीसीको विपक्षमा मतदान गर्ने सहमति भएको थियो । उक्त सन्देश बोकेर प्रचण्ड बालुवाटार छिरेका थिए ।