Wednesday, February 21, 2024
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

‘एमसीसी पास हुँदैन, पास गराउँदैनौं एकीकृत समाजवादी

सम्बन्धित खबर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेवल भए पास हुन नदिने बताएको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन बिना एमसीसी पास हुन नदिने बताएका हुन् ।‘एमसीसी पास हुँदैन र पास गराउँदैनौं । पास गर्ने वातावरण पनि बन्न दिदैनौं,’ एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पूर्ववत अडान यथावत छ । संशोधन विना एमसीसी पास हुनै सक्दैन ।’

 

प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबारको बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । कांग्रेसको मंगलबार विहान बसेको संसदीय दलको बैठकले पनि एमसीसी अनुमोदनको लागि प्रतिनिधिसभा बैठकमा टेवल गर्न सहमति दिएको छ ।

यसैसिलसिलामा सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने एमसीसी पास हुने वातावरण बन्न नदिने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष