spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

एमसीसी खारेजीको माग गर्दै काठमाडौंमा संयुक्त प्रदर्शन

spot_img

-

काठमाडौं माघ २६

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालेका हुन् । र्‍याली नयाँबानेश्वरस्थित संसद भवन नजिक पुगेर कोणसभामा परिणत भएको छ ।
यसअघि उनीहरूले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए ।

प्रदर्शन गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।

यस्तै, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले पनि विरोधसभा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग