22.1 C
Kathmandu
Friday, April 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्छौं राउत

सम्बन्धित खबर

माघ २६

जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
बुधबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए ।
‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् । अनि मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ अध्यक्ष राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ । तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’
जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने,‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो राउतले भने ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष