spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

समाजवादी प्रेस संगठनको झापाको अध्यक्षमा राई

spot_imgspot_imgspot_imgspot_img

-

माघ २६
समाजवादी प्रेस संगठनको झापा जिल्ला कमिटी मंगलवार गठन भएको छ । भेलाले पत्रकार अनिलदेव राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष दिलिप थापा र सचिवमा रिता दाहाल चयन हुनुभएको छ ।

कमिटीको सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द लुवागुन र कोषाध्यक्ष कमल बुढाथोकी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्ऽ बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चयन हुनभएको छ ।

विर्तामोडस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय भवनमा आयोजित एक विशेष समारोहवीच समाजवादी प्रेस संगठनको झापा कमिटी गठन भएको हो ।
जिल्ला भेलामा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, विर्तामोड नगर अध्यक्ष श्री सिटौला, अग्रज पत्रकारहरु लीला वराल, धर्मेन्द्र मामा, जीएन शर्मा, लगायतको उपस्थिति थियो । समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा १ नंं. प्रदेश इन्चार्ज तीर्थ सिग्देलको सभापतित्वमा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग