Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

बन्यो काठमाण्डौमा समाजवादी प्रेस अध्यक्ष भीम लामा

भर्खरै

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल काठमाडौँको जिल्ला स्तरीय प्रथम भेलाले भीम लामालाई अध्यक्ष चयन गरको छ ।

शनिबार नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको सो भेलाले लामालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा सुविन्द्र श्रेष्ठ र लक्ष्मी चौलागाई चयन भएका छन् ।

सचिवमा योगेन्द्र चौलागाई, सह–सचिव रुपचन्द्र महर्जन, सहसचिव (समावेशी) गणेश विक र कोषाध्यक्षमा सुजन पाख्रिन चयन भएका छन् । सहसचिव विक प्रगतिशील पत्रकार संघ त्याग गरी समाजवादी प्रेस संगठनमा प्रवेश गरेका थिए ।

सो भेलाले सुसन भट्टराई, बद्री चौलागाई, मेनुका कार्की, स्यारोन घिसिङ, सुनकुमारी थिङ, राजकुमार सुब्बा, रामचन्द्र रम्तेल, यमन मुन्द्रेली र डिग श्रेष्ठलाई कार्यसमितिको सदस्य चयन भएका छन् ।

उल्लेख्य पत्रकारहरुको उपस्थित रहेको सो कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य शम्भु श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य अशेष घिमिरे, पार्टीका काठमाडौं जिल्ला समिति अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्की, केन्द्रीय उपाध्यक्ष विश्वमणी सुवेदी, शन्तराम विडारी, उपमहासचिव रामकुमार एलन, सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कृष्ण गौतम, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका बरिष्ठ उपाध्यक्ष गोपाल बराइली लगायतले पत्रकारहरुको पेशागत हितका लागि समाजवादी प्रेस संगठनले निरनतर आवाज उठाउने बताए ।

काठमाडैं उपत्यका प्रदेश कमिटी अध्यक्ष सविन शर्माको अधयक्षतामा भएको सो कार्यक्रमको स्वागत अप्सरा गौगमले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष