spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

स्कुलकाे नाम बालउद्धार, दुईमहिनादेखि किन लुकाइयाे याैन दुर्व्यवहार ?

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडाैँ । तपाईंलाई थाहै छ, ८ सेकेण्डमात्रै हेरे पनि याैन आसयीकरणीकाे मुद्दा चल्छ । यस्ताे शंका र नियतलाई तत्काल १०० वा अन्य टाेल फ्रि नम्बरमा फाेन गरेर पनि न्याय माग्न सकिन्छ ।

अब तपाईंलाई याे पनि भनाैँ कि देशमा याैन दुर्व्यवहारका घटना यति बढेका हुन् या घटना बाहिर आएका हुन्, अध्ययनकै विषय हाे, यद्यपि याैन अपराधका घटना बाहिर आएका छन् । विकट, दूरदराजमा पनि घटना लुक्न सक्दैन । अब काठमाडाैँमा त पक्कै यस्ताे घटना लुक्ने कुरै भएन ।

भन्ने त यसै हाे तर याे एउटा घटनाले काठमाडाैँमा बालबालिकामाथि उनीहरुकै स्कुलमा अझ शिक्षकबाटै यस्ताे पापकर्म हाेला भनेर पत्याउने कसरी ? ल त ल, भयाे रे, पीडकलाई कारबाही गरिपाउँ भनेर निवेदन दिँदा पनि घटना लुकाइयाे भन्दा झन कसरी पत्याउनु ?

घटना काठमाडाैँकाे बुढानिलकण्ठ, कपनस्थित बालउद्धार स्कूलकाे हाे । त्यहाँ शिक्षकद्वारा कक्षा ७ मा अध्ययनरत छात्रामाथि भएकाे याैनजन्य दुर्व्यवहारकाे घटना स्कूल प्रशासन र व्यवस्थापन समितिले लुकाएकाे पाइएकाे छ । अंग्रेजी विषयक शिक्षक विष्णुगाेपाल घिमिरेमाथि छात्राकाे ठूलै समूहले याैनजन्य दुर्व्यवहार गरेकाे लिखित निवेदन दिएका थिए । घटना भएकाे दुई महिना बित्दा पनि स्कूल प्रशासन, प्रअ विनाेद पण्डित तथा व्यवस्थापन समितिले गुपचुप राखेपछि छात्राहरु निरास भएका छन् ।

छात्राहरूकाे उजुरीपछि शिक्षक घिमिरेले तीन पेज लामाे स्पष्टिकरण पनि बुझाएकाे पाइएकाे छ । शिक्षक घिमिरेले आफूलाई फसाउन खाेजेकाे स्पष्टिकरणमा लेखेका छन् ।

यता, यस्ताे संगीन आराेपमा शिक्षक घिमिरेमाथि बदला लिने माैका कुरेर बसेका प्रअ विनाेद पण्डितले भने व्यवस्थापन समितिलाई हातमा लिएर घिमिरेलाई सरुवा गरी आफन्त ल्याउने तयारी भइरहेकाे बुझिएकाे छ ।

विद्यालयबाट १०० मिटर पर रहेकाे प्रहरी चाैकीका इन्स्पेक्टर भगवती तिमिल्सिनाले याैनजन्य घटना प्रहरीमै आउनु पर्नेमा कुनै जानकारी नभएकाे बताइन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग