spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

एमाले हुम्लाको नवौँ जिल्ला अधिवेशन फेरि स्थगित

spot_imgspot_imgspot_imgspot_img

-

सुरेस परियार /सिमकोट२३ माघका लागि तय भएकाे नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेकाे छ । एमाले हुम्लाका कार्यवहाक अध्यक्ष ज्ञामी बुमीले काेराेना भाइरसकाे संक्रमणका कारण अधिवेशन स्थगित गरिएकाे बताए ।

‘पहिले हिमपातले अधिवेशन हुन सकेन । अहिले काेराेना बढेकाले याे अवस्थामा प्रतिनिधि आउन नसक्ने भएपछि स्थगित गरिएकाे हाे,’ उनले भने । एमाले केन्द्रीय कार्यालयले यसअघि ३ माघमा निर्देशन जारी गर्दै २३ माघका लागि अधिवेशन तय गरेकाे थियाे । सरकारले पनि सभा सम्मेलन नगर्न निर्देशन दिइसकेकाे छ ।

बुमीद्वारा जारी निर्देशनमा कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर पार्टीका जिल्ला कमिटीका नेतासँग अनौपचारिक सल्लाह गरी अर्को सूचना नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित भएकाे उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग