spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

सुदूरपश्चिममा गठबन्धनको ‘क्लिनस्विप’

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूपरपश्चिम प्रदेशको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बुधबार तीन सिटमा भएको निर्वाचनबाट सत्ता गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ ।

महिलातर्फ नेकपा(एकिकृत समाजवादी) की मदनकुमारी शाह विजयी भएकी छन् । उनले नेकपा(एमाले)का उमेदवार सन्तोषकुमारी थापालाई पराजित गरिन् । सत्ता गठबन्धनबाट उमेदवार बनेकी शाहले तीन हजार ३४ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी थापाले एक हजार ७२ मत प्राप्त गरिन् ।

अन्य समूहबाट नारायणदत्त मिश्र विजयी भएका छन् । कांग्रेसका उमेदवार मिश्रले नेकपा(एमाले) बाट उमेदवार बनेका डिल्लिराज भट्टलाई पराजित गरेका हुन् । गठबन्धनबाट विजयी मिश्रले ३७४४ मतभार प्राप्त गर्दा भट्टले भने १८६६ मतभार प्राप्त गरे ।

यस्तै दलिततर्फ नेकपा (माओवादी केन्द्र)बाट उमेदवार बनेका जगतबहादुर पार्की विजयी भएका छन् । उनले नेकपा(एमाले) का उमेदवार नरेशकुमार विश्वकर्मालाई पराजित गरेका हुन् । पार्कीले ३७६२ मतभार प्राप्त गर्दा विश्वकर्माले १७८२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग