26.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

गोकुल बास्कोटाको आफ्नै वडाका सचिव सहित ५० एमाले कार्यकर्ता नेकपा (एस)मा प्रवेश

सम्बन्धित खबर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा प्रवेश गर्नेहरुको लहर चलेको छ यतिवेला । सोही क्रममा बुधबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)को केन्द्रीय कार्यालयमै पुगेर काभ्रेको मण्डन देउपुर वडा नम्बर – १ का एमाले वडा सचिवसहित ५० जनाले एमाले परित्याग गरि समाजवादी प्रवेश गरेका हुन् ।

मण्डन देउपुर वडा नम्बर – १ एमाले नेता गोकुल बास्कोटाकाे वडा पर्दछ । नवप्रवेशसीहरुलाई नेकपा (एकीकृत समासजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका थिए ।

अध्यक्ष नेपालले स्वागत कार्यक्रममा तीनै तहको निर्वाचन एकैपटक हुनुपर्ने बताएका थिए । मुलुकको खर्च बचाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष