spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

प्रेस चौतारी नेपाल परित्याग गर्दै बिजय चालिसे समाजवादी प्रेस संगठन नेपालमा आवद्ध

spot_imgspot_imgspot_imgspot_img

-

भक्तपुर । प्रेस चौतारी नेपाल परित्याग गर्दै प्रेस चौतारी बागमती प्रदेश कमिटीको सदस्य बिजय चालिसे समाजवादी प्रेस संगठन नेपालमा आवद्ध भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको जिल्ला भेलामा पत्रकार चालिसेलाई (एकिकृत समाजवादी) भक्तपुरका जिल्ला अध्यक्ष श्याम बस्नेतले संगठनमा स्वागत गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको जिल्ला कार्य समिति गठन भएको छ ।


समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य एबम उपत्यका संयोजक सबिन शर्माको अध्यक्षतामा बुधबार सम्पन्न गरिएको जिल्ला भेलाले दिनेश कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ।
नवगठित संगठनको उपाध्यक्षमा विजय चालिसे, महिला उपाध्यक्षमा नजिना भण्डारी, सचिवमा सुवास चौलागाई, सहसचिवमा गणेश महर्जन र ज्ञानेन्द्र खाइजुर कोषाध्यक्षमा रचना बयलकोटी चयन भएका छन्। यस्तै, संगठनको सदस्यहरुमा मनोज कुमार फुयाल, मिकेश रानाभाट, श्रीकर पोखरेल,ज्योती बिक,रीता भट्टराई, जीवन तिमल्सिना, अनुषा थापा, रामहरी चौलागाई लगायतका रहेका छन्।

मध्यपुर थिमीमा भएको भेलामा संगठनका वरिस्ट उपाध्यक्ष विश्वमणी सुबेदीले समितिको घोषणा गरेका थिए । भेलाले संगठनको सल्लाहकारमा अग्रज एवं जेष्ठ पत्रकार प्रवीण जोशी, कृष्ण प्रधान लगायतकालाई चयन गरेको छ।


एकिकृत समाजवादी भक्तपुरका जिल्ला अध्यक्ष श्याम बस्नेत, समाजवादी प्रेस संगठनका केन्द्रिय बरिस्ट उपाध्यक्ष विस्वमनी सुबेदी, उपाध्यक्ष सन्तराम बिडारी, महासचिव भूपराज खड्का, सचिव गोबिन्द चौलागाईं, पत्रकार प्रवीण जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग