spot_img
14.1 C
Kathmandu
Saturday, February 8, 2025
spot_imgspot_imgspot_imgspot_img

लालपुर्जा पाउँदै बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासी

मा प्रकाशित

महोत्तरी, ३ माघ

बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाकाे लालपुर्जा पाउने भएका छन् । लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर बिदुर कार्कीले बताए ।

डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेकाे छ ।

नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुन: सम्झौता गरी लागत संकलन तथा नापजाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ ।

नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् ।

अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा पाउने बाटो खुलेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

भर्खरै

सम्बन्धित समाचार