spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

इजरायल रोजगारी छनौटमा परेकाहरुलाई पासपोर्ट नविकरण गर्न र खोप लगाउन आग्रह

spot_img

-

काठमाडौं । इजरायलको दीर्घकालिन स्याहार केन्द्रको लागि छनौट भएका उम्मेदवारहरुलाई वैदेशिक रोजगार विभागले पासपोर्ट(राहदानी) नविकरण गर्न र कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । विभागले नियमानुसार सन २०२५ जनवरी ३१ गते यता राहदानी म्याद सकिने उम्मेदवारहरुलाई पासपोर्ट नविकरण गर्न र कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका उम्मेदवारहरुलाई यस्तो आग्रह गरेको हो ।

इजरायल रोजगारीमा छनौट भएका उम्मेदवारहरुमध्ये कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकालाई खोप लगाउन आग्रह गर्दै विभागले सूचनासमेत जारी गरेको छ ।

खोप लगाउन बाँकी उम्मेदवारहरुलाई विभागले काठमाडौंस्थित वीर अस्पताल, काठमाडौंको मिनभवनस्थित निजामती सेवा अस्पताल, काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पताल र काठमाडौंको बलम्बुस्थिति सशस्त्र प्रहरीवल अस्पतालमा खोप लगाउन सूचित गरेको छ ।

पछिल्लो समय नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौतानुसार पहिलो चरणमा इजरायल रोजगारीमा जान इच्छुकमध्ये भाषा र अन्तर्वार्ता परीक्षामा पास भएका १६ सय जनाको नाम विभागले सार्वजनिक गरेको थियो ।

१६ सय जनामध्येबाट इजरायलस्थित पीआईबीएले चिठ्ठा प्रणालीमार्फत कामदार छनौट गरी ११ सय ७५ जनाको नाम नेपाललाई पठाएको थियो । तिनै ११ सय ७५ जनालाई विभागले म्याद सकिने अवस्थाको पासपोर्ट नविकरण गर्न र कोरोनाविरुद्धको खोप लगाउन बाँकी भएमा खोप लगाउन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग