spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा क्षेत्री

spot_img

-

काठमाडौं । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीद्वयमा पर्शुराम पौडेल, विकास मल्ल चयन भएका छन् ।

त्यसैगरी, रुपेश कडेल, दिलबहादुर मडै, प्रकाश देवकोटा, बालकृष्ण वान्तवा, महेशबहादुर महरा, सुरेश उप्रेती, हेमन्त साह सदस्यमा चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले केही हप्ता अघिमात्रै यहाँको ८ क्षेत्रमा क्षेत्रीय अधिवेशनसमेत गरेको थियो ।

प्रत्येक क्षेत्रबाट आरक्षित सदस्यको रुपमा प्रेमसागर पौडेल, तुलसकुमार गुरुङ, भरतमणि पाण्डे, जीत कुँवर, गोविन्द शर्मा, कमलकुमार लिम्बू, युवराज अम्गाईं, हिमाल पौडेल पनि निर्वाचित भएका छन् । कांग्रेस निकट प्रवास संगठनका रुपमा सो जनसम्पर्क समिति रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग