24.1 C
Kathmandu
Thursday, April 18, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

कतारमा उधौली मनाउँदै किरात समुदाय

सम्बन्धित खबर

कतारमा रहेका किरात समुदायले साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने तयारी गरेका छन् । किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याक्थुङ चुम्लुङ शाखा कतारको संयुक्त आयोजनामा शुक्रबार सहानियाको अलदोसरी पार्कमा साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने तयारी गरिएको हो ।

कोरोना महामारी केही साम्य भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चक्रिय प्रणाली अनुसार साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउन लागिएको किरात राई यायोक्खा शाखा कतारका प्रथम उपाध्यक्ष गजेन्द्र खालिङ राईले जानकारी दिए । साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नामको अवशरमा शुभकामना आदान–प्रदान तथा किरातीको मौलिक सांस्कृतिक झाँकी प्रदर्शन लगायत स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राईको संयोजकत्वमा हुने कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुस्वोत्तम सुनुवार, सुनुवार सेवा समाज शाखा कतारका कार्यबाहक अध्यक्ष शेरबहादुर सुनुवार र किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, व्यवसायी, बुद्धिजीवि लगायतको सहभागीता रहने छ ।

कोरोना महाकारीका कारण गत वर्ष साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम रोकिएको थियो । दोहा कतारमा सन् २००४ देखि साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष