Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

प्रदेश २ को कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त

भर्खरै

जनकपुरधाम । प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैधनाथ महतोलाई नियुक्त गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका २ घर भएका डा. महतोलाई मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपति नियुक्त गरेका हुन् । डा. महतो प्रदेश २ कै नीति तथा योजना आयोगमा सदस्य रहेर काम गरिसकेका छन् ।

कुलपतिसमेत रहेका मुख्यमन्त्री राउतले सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा डा. महतोलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

प्रदेशको महत्वाकांक्षी कार्यक्रमका रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा सञ्चालनको सुरुवातको सिलसिलामा उपकुलपतिमा डा. महतोलाई नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष