अन्नपूर्ण गाउपालिकामा रिङ रोडदेखि हाइड्रो पावरसम्म

प्रकाशित मिति :2017-05-11 09:31:13

पोखरा ।

अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले रिङ रोडदेखि हाइड्रोपावरसम्मका योजना ल्याएको छ ।

समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माणका लागि ढिकुरपोखरी, सल्यान, दाङसिङ, घान्द्रुक, लुम्ले हुँदै रिङ रोड निर्माण एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार विष्णु केसीकाे याेजना छ । लामो र छोटो ट्रेकिङ रुटहरुको आवश्यक अध्ययन गरी विभिन्न ठाउँमा व्यावसायिक रुपमा भ्युटावर निर्माण गर्ने प्रतिबद्धता केसीकाे छ ।

विश्वको पर्यटकी गन्तव्य स्थल रहेको अन्नपूर्ण गाउँपालिकामा रहेका सार्वजनिक वन जंगलहरुको संरक्षण गर्ने र नेपालमा नै ‘हनी हन्टिङ’ भनेर चिनिने घान्द्रुक र लान्द्रुकमा आवश्यक पुर्वाधारहरुको निर्माण गर्ने याेजना एमालेकाे छ।

पर्यटकहरुलाई लक्षित गरेर पर्यटन व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्दै विभिन्न स्थानहरुमा मोबाइल टावर राख्न पहल गर्ने र गाउँमा हाइस्पिड इन्टरनेट सञ्चालन गर्ने केसीले बताउनुभएकाे छ ।

विजुली नपुगेका छुम्रुङ, ठुलाखर्क र सल्यानका केही भागहरुमा थ्री फेज लाइन बिस्तार गर्दै दाङसिङको भुरुङदी खोला, लुम्लेको धोती खोला र सल्यानको रती खोलाबाट लघु जलविद्युत आयोजना सञ्चालन गर्ने केसीकाे याेजना छ । गाउँपालिकाका विभिन्न वडाहरुमा खानेपानी आयोजना सञ्चालन गरी एक घर एक धाराको अभियान सञ्चालन गर्ने प्रतिवझता छ ।

अन्नपूर्ण गाउँपालिकाको आर्थिक समृद्धि, पर्यटनको विकास र उद्यमशीलता अभिबृद्धि गर्ने आफ्नो योजनालाई सफल पार्ने अभियानमा सहयाेग गर्न उनकाे अाग्रह छ ।  ‘अहिले गरेका सबै प्रतिबद्धता पुरा गर्नेछु,’ केसीले भन्नुभयाे ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula