काठमाडौं २९ एमालेमय

प्रकाशित मिति :2017-05-11 17:04:07


काठमाडौं महानगरपालिका– २९ मा फेरि पनि सूर्यध्वजा फर्फराउने निश्चित भएको छ ।
ओमप्रसाद उप्रेतीको नेतृत्वमा नेकपा एमालेले खडा गरेको पाँचै उम्मेदवारले त्यहाँबाट विजय हासिल गर्ने भएको हो ।

डिल्लीबजार, घट्टेकुलो, अनामनगर, कालिकास्थान, न्युप्लाजा क्षेत्र रहेको वडा नं. २९ मा नेकपा एमालेले ०४९ र ०५४ मा पनि जित हासिल गर्दै आएको थियो । उक्त वडामा एमालेले महिला वडा सदस्यमा तुलसादेवी राई, दलितमा धनकुमारी विश्वकर्मा, खुला सदस्यमा ओमकुमारी श्रेष्ठ, प्रमोदकुमार बाँस्कोटा चुनावी अभियानमा छन् ।

विभिन्न सामाजिक, व्यवासायिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहेका वडाध्यक्ष उप्रेतीसहित वडा सदस्यका उम्मेदवारहरुको स्थिति मजबुत रहेको बताइन्छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula