टोखामा बृहत पदयात्रा

प्रकाशित मिति :2017-05-10 18:18:45

काठमाडौ ।

टोखा नगरपालिकाका नेकपा एमालेका उमेदबारलाई बिजय गराउन टोखा नगरपालिकामा बुधबार बृहत पदयात्रा सम्पन्न भएको छ ।  नगरसंगठन कमिटीको कार्यालय ग्राण्डी अस्पताल अगाडिबाट प्रारंभ भएको पदयात्राले नगरको परिक्रमा गरेको थियो ।

नेकपा एमालेका उमेदबारहरुको समेत सहभागिता भएको पदयात्रालाई जनताले आआफुनो भब्य स्वागत गरेका थिए । पदयात्राको समापन कार्यक्रमलाई सबोधन गर्देै पार्टीका बरिष्ठ नेता एवं पुर्ब प्रधानमन्त्री झलनाथ खनालले एमालेको पक्षमा देशब्यापी लहर चलेको भन्दै अब पदयात्रा जस्तै निर्बाचनपछि बिजय ¥याली गर्ने गरी बाकी चार दिन अहोरात्र खटन पनि आग्रह गर्नुभएको छ ।

नेकपा एमाले ६ बडा कमिटीका वडाध्यक्ष भगवान केसीले सुर्यध्वजाबाहक उमेदबारको पक्षमा जनलहरले टोखा नगर र आपनो वडाका जनता पनि उत्साहित भएको बताउनुभएको छ ।
पदयात्रा अघि बुधबार नै ग्रिनल्याण्डमा भएको पेशागत बुद्धिजिबी बिशेष जिल्ला कमिटीले सो क्षेत्रको निर्बाचनको स्थिति र तयारीबारे समीक्षा बैठकको आयोजना गरेको थियो । बिशेष जिल्ला कमिटीबाट सो क्षेत्रमा खटिनुभएका निर्बाचन परिचालन सहयोग समितिका सयोजक गोबिन्द भण्डारी , धापासी बुद्धिजिबी परिषदका संयोजक बरिष्ठ पत्रकार टंक पन्त , टोखा क्षेत्रका सहसंयोजक केदार सुनुवार , केशब घिमिरे , धर्मराज दाहाल , भोला प्रेमीपौडेल , लीला पौडेल , भरत पाण्डे, अभिमन्यु खडका, बाबुराम कोइरालाले आआफनो क्षेत्रको अबस्था र आगामी भुमिकाबारे प्रकाश पार्नुभएको थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula