एमाले अध्यक्ष ओली र देउवाबीच भेट

प्रकाशित मिति :2017-05-10 14:49:27

काठमाडौं ।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।

केहीबेरअघि ओली निवास बालकोटमा दुई नेताबीच निर्वाचन, विभिन्न ठाउँमा एमाले कार्यकर्ताहरुमाथि भएका आक्रमण, दोस्रो चरणको निर्वाचन, मतगणना लगायतका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेट अगावै ल्याउन र प्रधानन्यायाधिश सुशिला कार्कीमाथिको महाअभियोग प्रस्तावफिर्ता लिन आग्रह गर्नुभएको थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula