समग्र पर्यटन क्षेत्र विकासको लागि एमालेकाे घोषणा

प्रकाशित मिति :2017-05-10 10:40:17

– सूर्य थापा
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले २०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि स्थानीय तहको निर्वाचनलाई अत्यन्त महत्व दिएर व्यापक, बहुआयामिक र सम्पूर्ण तयारीमा जुटेको छ । यसै सन्दर्भमा पार्टी स्थायी कमिटीले ‘निर्वाचन घोषणापत्र मस्यौदा समिति’ गठन गरी घोषणापत्र तयार गरेको विदितै छ । ‘समृद्ध नेपाल ः सुखी नेपाली’को उद्घोष गरेको पार्टीका हैसियतले नेकपा (एमाले)को पंक्तिमात्र नभएर पार्टीको यस घोषणापत्रलाई सिंगो राष्ट्र र आम न्यायपे्रमी जनसमुदायले अत्यन्त आशा र विश्वासको नजरले हेरिरहेका छन् । तसर्थः आर्थिक विकास, समृद्धि, पार्टी र देशको अन्तर्राष्ट्रिय छवि निर्माणमा नै महत्वपूर्ण मेरुदण्डका रुपमा भूमिका निर्वाह गर्न सक्षम रहेको समग्र पर्यटन क्षेत्रको विकास, प्रबद्र्धन र बजारीकरणमा लाग्नु अत्यावश्यक भएको छ । घोषणापत्रमा समावेश गर्न वैशाख ११ गते २५ बुँदे सुझावहरु प्रस्तुत गरिएको थियो । पार्टीको केन्द्रीय पर्यटन प्रबद्र्धन विभागको बैशाख ८ गते र नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन, केद्रीय सचिवालयको बैशाख ९ गते सम्पन्न सचिवालय र उपलब्ध व्यावसायीहरुको बैठकमार्फत् प्राप्त सुझावहरु प्रस्तुत गरिएको थियो । वैशाख १८ गते पार्टीले जारी गरेको घोषणापत्रमा तिनलाई निम्नानुसार समावेश गरेर पार्टीको घोषणालाई अधिकतम्रुपमा पर्यटनमैत्री बनाइएको जानकारी यहाँ सबैलाई गराउन प्रयाश गरिएकोे छ :

विशेष दृष्टान्त
–  सगरमाथाको प्रथम सफल आरोहण (२९ मे १९९३) पश्चात् पर्यटकीय विकासको ढोका खुलेको खुम्बु क्षेत्रको दिनचर्या नै पर्यटनसँग आबद्ध हुनपुगेको छ । नाम्चे गाविसका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको नेतृत्वमा २०५४ सालपछि अघि बढाइएको योजनाबद्ध र व्यवस्थित विकास प्रक्रियाका कारण नाम्चे बजार एउटा युरोपेली शहरजत्तिकै समृद्ध बन्न पुगेको छ । सामुदायिक बिजुली, सामुदायिक खानेपानी, व्यवस्थित दमकल सेवा, स्तरीय अंगे्रजी शिक्षा, नमूना संरक्षण प्रयास र भूमिगत तर प्रणालीले गाउँको समग्र विकास प्रक्रिया नमूना बनेको छ । हाल नाम्चे बजार प्रतिव्यक्ति आय ८ हजार अमेरिकी डलर रहेको छ । विपन्न एउटा गाउँलाई पर्यटनको विकासमार्फत् ‘मोडल’ बनाउन सकिने यो सबै स्थानीय तहका लागि एउटा चहकिलो दृष्टान्त हो ।

–  सहिद स्मृति पार्क–हेटौंडा, २०४९ र २०५४ मा नगरप्रमुख निर्वाचित भएपछि डोरमणि पौडेलको नेतृत्वमा शून्यबाट थालिएको नमूना प्रयास थियो । हाल बार्षिक रुपमा ६ लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटकहरु यहाँ ओइरिन्छन् । बुटवलस्थित मणिमुकुन्द सेन पार्क– अर्को यस्तै दृष्टान्त रहेको छ, जो बुटवल नगरपालिका प्रमुख भोजप्रसाद श्रेष्ठको नेतृत्वमा यस्तो बनेको हो ।

१. पूर्वाधार निर्माण – गन्तव्य विकास र प्रबद्र्धन नेपालमा पर्यटन क्षेत्रको विकासको मुख्य प्राथमिकतामा समावेश हुनुपर्दछ । यस अभिप्रायले नयाँ–नयाँ गन्तव्यको पहिचान गरी सुविधायुक्त सडक, स्वच्छ खानेपानी, बिजुली, स्वास्थ्य चौकी, सुरक्षा पोष्ट, आवास र खानपानको उचित प्रबन्ध मिलाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नु अत्यावश्यक छ । (पृष्ठ १७)

२. पर्यटन क्षेत्रका होटल, रिसोर्ट, ट्राभल÷टूर, पदयात्रालगायत हरेक क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्तिको अत्यन्त अभाव छ । दक्ष जनशक्तिको अभावमा यस क्षेत्रको सेवाप्रवाह नै कमजोर र कामचलाउ हुनपुगेको छ । यस स्थितिलाई मध्यनजर गरी अनुसन्धानमूलक र अन्तर्राष्ट्रिय शिक्षामा जोड दिंदै दक्ष जनशक्तिको उत्पादन गर्न, स्वदेश र विदेशमा रहेको माग परिपूर्ति गर्न र सिंगो नेपाली पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय गुणस्तरयुक्त बनाउन– पर्यटन विश्व विद्यालयको स्थापना जरुरी भएको छ । नेकपा (एमाले)ले यस आवश्यकताको अगुवाई गरी अब ‘गरेर मात्रै होइन, ‘पढेर’ र ‘गरेर’ पर्यटन क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन र उपयोगको आवश्यकता पूरा गर्नसक्नुपर्दछ । (पृष्ठ १८)

३. स्थानीय तहहरूले आ–आफ्नो भौगोलिक क्षेत्रफलमा अवस्थित राष्ट्र निर्माण र अंगे्रज साम्राज्यवादसँगको भीषण लडाईंका क्रममा निर्मित गढीहरू ः सिन्धुलीगढी, उदयपुरगढी, पर्सागढी, नुवाकोटगढी–जितगढी, ढुंगेगढी, अमरगढी, मकवानपुरगढी आदिको ऐतिहासिक गौरवगाथा कायम गर्ने हिसाबले पूर्वाधार निर्माण र पर्यटकीय गन्तव्यका रुपमा प्रबद्र्धन गर्नेछन् । यस कार्यमा आवश्यकताअनुसार नेपाली सेनालाई पनि संलग्न गराइनेछ । (पृष्ठ १७)

४. एकीकृत नेपाल निर्माणको बेला– खासगरी बाइसे–चौबीसे राज्यहरूको समयमा बनेका खलंगा, कोट, दुर्ग र किल्लाआदिको संरक्षण गरी स्थानीय गन्तव्यका रुपमा पब्रद्र्धन गरिनेछ । (पृष्ठ १७)

५. हरेक गाउँपालिकामा पर्यटकीय पूर्वाधार निर्माणका निम्ति एकीकृत प्रयास गरिनेछ । सुन्दर हरियालीयुक्त उद्यान (पार्क) (पृष्ठ ४४), भ्यूप्वाइन्ट, प्रमुख जातीय÷भाषिक समुदायको रहन–सहन, ऐतिहासिक र साँस्कृतिक वैभव झल्काउने संग्रहालय, उपहार बिक्री कक्ष, सुविधासम्पन्न सभा हल (कम्तिमा १,५०० जनाको क्षमतायुक्त), पोखरी, तालतलैया र पोखरीको संरक्षण, सामुदायिक आवासगृह, होमस्टे, रिसोर्ट र स्थानीय विशेषता र विशिष्टता झल्काउने खानपान र संस्कृति प्रदर्शनसमेतको पूर्वाधार निर्माण गरिनेछ । (पृष्ठ २७)

६. हरेक स्थानीय तहका मन्दिर, मस्जिद, गुम्बा, गिर्जाघर आदिको संरक्षण, मर्मत–सम्भार र प्रचार–प्रसार गरिनेछ । यसबाट पर्यटकहरूको आवागमन र बसाई बढाउन ध्यान दिइनेछ । (पृष्ठ १७)

७. राणा शासनको अन्त्यका लागि जीवन आहुति दिने चार अमर सहिदहरूको बलिदानपश्चातका सबै प्रतिनिधिमूलक सहादतको गाथालाई जिवन्त र पे्ररणादायी बनाउने प्रयासमा स्थानीय निकायहरू योजनाबद्धरुपमा जुट्ने छन् । सुखानी, छिन्ताङ, भीमान, पिस्कर, दाङ, भंगेरी–रामेछाप, ओखलढुंगा, दशरथपुर–सुर्खेतल र म्याग्दीगायतका स्थानहरूलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अत्यावश्यक पूर्वाधार निर्माण गरिनेछ । (पृष्ठ १७)

८. नेपालमा २० लाख पर्यटक पु¥याउने लक्षयसमेत अलपत्रजस्तै परिरहेकोे आजको स्थितिमा दश वर्षभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ)(पृष्ठ १३) काठमाडौं–निजगढ द्रूतमार्ग, काठमाडौं, पोखरा र भैरहवा विमानस्थलको स्तरोन्नति र विस्तारमार्फत् हवाई यातायातलाई सुव्यवस्थित गरिनेछ । एक प्रदेश ः एक अन्तर्राष्ट्रिय विमानस्थल (पृष्ठ १३), एक जिल्ला ः एक राष्ट्रिय विमानस्थल(पृष्ठ १८), एक महानगर÷उपमहानगर र प्रमुख नगरमा हवाईसेवाको प्रबन्ध र एक गाउँपालिका÷वडाः एक विण्ड फ्ल्यागसहितको हेलिप्याड (पर्यटक सेवा तथा सुरक्षा र उद्धारको लागि समेत) को प्रबन्ध मिलाइनेछ । (पृष्ठ २७) आगामी पाँच बर्षभित्र २० लाख र १० बर्षभित्र ५० लाख पर्यटक भित्र्याउने गरी पूर्वाधार तयार र प्रबद्र्धन गरिनेछ । (पृष्ठ १८)

९. पर्यटन विकासलाई मध्यनजर गरी केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी तथा पूर्व–पश्चिम दू्रत रेलवे सेवा निर्माण गरिनेछ । (पृष्ठ १२) काठमाडौं उपत्यकाको चक्रपथमा ‘विद्युतीय ट्रम्प’ (पृष्ठ १३) छिटोभन्दा छिटो सञ्चालन गरिनेछ । पर्यटकीय गन्तव्यमा केबुलकार निर्माण गरिनेछ । (पृष्ठ १४÷२६)

१०. कम्तिमा प्रदेशमा १–१ वटा डिलक्स र २–२ वटा पाँचतारे होटल, प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरका २ वटा निजी र ३ वटा सामुदायिक होमस्टेको विकास र सञ्चालन गरिनेछ । होमस्टेहरू आधुनिक र साँस्कृतिक मानक निर्धारण गरी सांस्कृतिक रुपमा विशेष ढंगले व्यवस्थित गरिनेछ । साथै, स्पष्ट कानुनी प्रबन्ध र अनुगमनद्वारा होमस्टेहरूको सेवालाई गुणस्तरीय बनाइनेछ । दीर्घकालीन रुपमा पर्यटकीय सम्भावना रहेका हरेक गाउँ÷शहरका घरहरुलाई पर्यटकीय गुणस्तरका होमस्टेका रुपमा रुपान्तरण गरिनेछ । (पृष्ठ २६)

११. एक गाउँ÷नगरपालिका ः एक गन्तव्य, एक पदयात्रा (टे«किङ) मार्ग, स्तरीय वनवाटिका, चिडियाघर, र नमूना प्रतिक्षालय आदिको प्रबन्ध गरिनेछ । (पृष्ठ १७)

१२. जलयात्रा (¥याफ्टिङ), बञ्जिजम्पिङ र प्याराग्लाइडिङको लागि उपयुक्त नदीहरू र बस्तीमा साहसिक पर्यटनको पूर्वाधार विस्तार गरिनेछ । कम्तिमा प्रत्येक प्रदेशमा १÷१ वटा अन्तर्राष्ट्रिय स्तरका पर्यटकीय आकर्षणका ¥याफ्टिङ, बन्जिजम्पिङ र प्याराग्लाइडिङ केद्यन्रको स्थापना र सञ्चालन गरी आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गरिनेछ । (पृष्ठ १७)

१३. प्रत्येक गाउँ, नगर र उप÷महानगरीय वडाहरूमा सुविधायुक्त सूचना केन्द्र स्थापना गरिनेछ । सूचना केन्द्रमार्फत् सम्बन्धित स्थानीय तहका पर्यटकीय सम्भावना, गन्तव्यहरूको जानकारी र प्रचार–प्रसार गरिनेछ । यस निम्ति तालिम प्राप्त कम्तिमा १–१ जना पर्यटक पदप्रर्दशक (गाइड)को व्यवस्था मिलाइनेछ ।

१४. सम्भाव्यताको आधारमा परम्परागत भेंडीगोठ, चांैरीगोठ तथा आधुनिक कृषि फर्म, गाई फर्मआदिको विकास गरी पर्यटकीय उपभोगका सरसामानमा आत्मनिर्भर बन्दै विदेश निर्यात गरिनेछ । (पृष्ठ १४)

१५. कञ्चनजंघा, मनास्लु, तल्लो डोल्पो, नार–फू, हुम्लालगायतका क्षेत्रहरूलाई अन्य पदयात्रा क्षेत्र (सगरमाथा, लाङटाङ, अन्नपूर्ण र रोलवालिङ) सरह खुला र नियमित गरिनेछ । उपल्लो मुस्ताङ, उपल्लो डोल्पोसम्म पदयात्रा गर्ने तथा दामोदर कुण्ड जाने पर्यटकहरूलाई टे«किङ र हेलिकोप्टर उडानबाट जान सरल अनुमति प्रक्तिया र शुल्कको प्रबन्ध मिलाइनेछ । (पृष्ठ १७)

१६. संसारभरिका हिन्दूहरूको लागि ‘अन्तर्राष्ट्रिय पशुपति सर्किट’÷नेपालभित्रै पाथिभरा, बराह क्षेत्र, पशुपतिनाथ, मनकामना, मुक्तिनाथ, स्वर्गद्वारी र मालिकार्जुन गरी सातवटा क्षेत्रलाई ‘सातधाम’को प्रबद्र्धन गरिनेछ । (पृष्ठ १७)

१७. अन्तर्राष्ट्रिय बुद्धिस्ट सर्किट र आन्तरिक बुद्धिष्ट सर्किटमार्फत् लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूको आवागमन बढाउने र बसाई लम्ब्याउने कार्य गरिनेछ । साथै, लुम्बिनीमा अन्तर्राष्ट्रिय सुविधायुक्त ‘बर्थिङ सेन्टर’ निर्माण गरी बुद्धको जन्मस्थलमा नवजात शिशु जन्माउन संसारभरिकै बौद्धमार्गी पर्यटकहरूलाई आकर्षित गरिनेछ । (पृष्ठ १७)

१८. एक प्रदेश ः एक चिडियाखाना निर्माण र विस्तार गरिनेछ । प्रत्येक सामुदायिक वनलाई वन्यजन्तु संरक्षण केन्द्रका रुपमा संचालन र व्यवस्थित गरिनेछ ।

१९. प्रदेश नं. २ मा जनकपुर, सिम्रौनगढ र सलहेसको एकीकृत पर्यटन विकास तथा कोशी टप्पु र कोशी नदीमा नौकाबहारको प्रबन्धमार्फत् आन्तरिक र बाह्य पर्यटकहरू आकर्षित गरिनेछ । जनकपुरस्थित विवाह–मण्डपलाई देशभरिकै सुविधायुक्त र व्यावसयिक रुपमा संचालन गरिनेछ । (पृष्ठ १७)

२०. गोल्डेन ट्रयाङ्गल ः काठमाडौं–पोखरा–सौराहालाई अझ व्यवस्थित गरी नयाँ ‘कल्चरल ट्रयाङ्गल ः लुम्बिनी–रुरुरेसुङ्गा–स्वर्गद्वारी–मुक्तिनाथ’ र वेस्ट ट्रयाङ्गल ः ठाकुरद्वारा–रारा–खप्तड (शुक्लाफाँटासमेत)को प्रबद्र्धन, पूर्वाधार निर्माण र बजारीकरणमार्फत् पर्यटकीय गतिविधि तीब्र पारिनेछ ।

२१. नेपाल पर्यटन बोर्डलाई प्रत्येक प्रदेशसम्म विस्तार गर्ने गरी पुनःसंरचना गरिनेछ । साथै, विभिन्न परिषद, कोष, विकास समितिहरुलाई राज्यको संघीय पुनःसंरचना र स्थानीय तहको पुनःसंरचनाबमोजिम पुनःव्यवस्थित गरिनेछ । नारायणहिटी दरबार संग्रालयलाई नेमुनिदेखि ज्ञानेन्द्रसम्मको ऐतिहासिक संग्रालयका रुपमा विकास गरी संसारभरिका पर्यटकहरुका लागि खुला गरिनेछ । (पृष्ठ १७)

२२. मुलुकका १२५ जातजाति र १२३ भाषाभाषिको रहनसहन, भाषा, संस्कृतिको संरक्षण, अध्ययन, अनुसन्धान र प्रचारप्रसारको लागि अलग–अलग जातीय र सांस्कृतिक संग्राहलयहरु निर्माण गरिनेछ ।

२३. पर्यटकीय होटल, रिसोर्ट, कफी शप, होमस्टे आदिमा ९५ प्रतिशत नै उपभोग्य सामग्रीमा परनिर्भरताको स्थिति विद्यमान छ । यस स्थितिको अन्त्य गर्न ‘पर्यटकका लागि नेपाली वस्तु’को उत्पादन अभियानपार्फत व्यवसायिक र बेमौसमी उपभोग्य सामग्रीमा देशलाई आत्मनिर्भर बनाउने प्रक्रिया सञ्चालन गरिनेछ । र, कृषि पर्यटनको क्षेत्रमा गन्तव्यहरुको विकास गर्ने अध्याय थालिनेछ । (पृष्ठ १४)

२४. भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक, साँस्कृतिक सम्पदाहरुको तीब्र पुनः निर्माण गरिनेछ । बौद्धनाथ स्तुप पुनः निर्माण भइसकेको छ । ‘मेरो धराहरा म आफैं बनाउँछु’ अभियानलाई सार्थक रुपमा सम्पन्न गरिनेछ ।समय–सीमा निर्धारण गरी अरु सबै साँस्कृतिक सम्पदा– मन्दिर, देवल, चैत्य, गुम्बा, चर्च र विश्व सम्पदाहरुको निर्माण सम्पन्न गरिनेछ । (पृष्ठ १७)

२५. पर्यटन व्यावसायीहरुको लागि स्थानीय सरकारहरुमार्फत लगानीमैत्री वातावरण, लगानीमा हिस्सेदारी र अनुदान तथा कर छुटका विभिन्न प्याकेज र प्रस्तावहरु तयार गरी कार्यान्वयन गरिनेछ ।

देशका प्रमुख पार्टीहरुले एवम् प्रकारले पर्यटन क्षेत्रलाई महत्व दिंदै आ–आफ्ना घोषणापत्रमा समेटेर नै पर्यटन क्षेत्रको समग्र विकासमा राष्ट्रिय एजेण्डा तर्जुमा गर्न सकिने छ । त्यसढंगको साझा कार्यसूचि निर्माणका लागि सबैलाई ठोस भूमिका निर्वाह गर्न विशेष अनुरोधसमेत हामी यी एजेण्डाका साथ सँगसँगै गर्न चाहन्छौं ।

(थापा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा  पर्यटन प्रबर्द्वन  विभाग प्रमुख हुनुहुन्छ )

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula