एमालेलाई भोट हाल्न कांग्रेसका पुराना नेताको आह्वान

प्रकाशित मिति :2017-05-10 09:04:27

काठमाडौं ।
नेपाली कांग्रेसका पुराना नेता जततमान लामाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)लाई भोट हाल्न आह्वान गरेका छन् । लोकतन्त्र र देश विकासमा कांग्रेसको भिजन नभएको भन्दै उनले बिज्ञप्ती नै जारी गरेर एमालेलाई भोट हाल्न आह्वान गरेका हुन् ।

काभ्रेको तेमाल घर भएका उनी २०५३ सालमा पार्टी केन्द्रीय महासमिती प्रतिनिधि,२०५३ सालमै काभ्रे जिल्ला समितीको कोषध्यक्ष र २०६७ सालमा महासमिती सदस्य हुदै काँग्रेस भातृसंगठन आदिवासी जनजाती संघका केन्द्रीय सदस्य समेत रहेका लामा अग्रज ट्रेकिङ व्यवसायस् समेत रहेका लामाले पार्टीभित्रै प्रजातन्त्र नभएको भन्दै पार्टी छाडेका छन् ।

कांग्रेसमा महत्वपूर्ण समय खेर फाल्नुभन्दा आफु अब सामाजिक काममा लाग्ने उनले बताए ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula